अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिंकन गृहयुद्धमा सेनामा भर्ती भई सेनाका सफल अधिकृत बनेका थिए ।

 


काठमाडौं, जेष्ठ २९ गते ।

कानून विषय पढेर वकील बनेका अब्राहम लिंकन अमेरिकी गृहयुद्धमा सेनामा भर्ती भई सेनाका एक सफल अधिकृत बने । गृहयुद्ध सकिएपछि उनी राजनीतिमा लागे । सन् १८४७ मा रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी संसद काँग्रेसमा सांसद भए । निरन्तरको प्रयासपछि अब्राहम लिंकन सन् १८६१ मा संयुक्त राज्य अमेरिकाका १६ औं राष्ट्रपति बने । अमेरिकाको इतिहास अनुसार त्यसबेला अमेरिकाले संकटकालीन अवस्थाको सामना गरिरहेको थियो । दास प्रथाको कारण जनतामा असन्तोष र आक्रोशले नेटो काट्दै थियो । सेतो छालाको मानिसले कालो छालाको मानिस (हप्सी) लाई दास बनाउने चलनका कारण मानवीय संवेदना नै कुण्ठित भएको अवस्था थियो । चरम गरिबी र अनेकौं समस्याको सामना गरेर स्पात जस्तो भएका लिंकनले दास प्रथा हटाउने कठोर र साहसिक निर्णय गरे र सफल पनि भए ।

दास प्रथाको उन्मुलन नगरेसम्म राष्ट्रको मुहार उज्यालो हुँदैन भन्ने विश्वास बोकेका कारण नै त्यो क्रुर र अमानवीय प्रथाको अन्त्य गर्न सफल भए । उनको त्यो अदम्य साहसले मूर्त रुप लियो र सन् १८६३ मा लगभग ४० लाख दास अर्थात कमारा कमारीहरुले आफ्नो नारकीय जीवनबाट छुट्कारा पाएर मानवताको अुनभूति गर्न पाए । संयुक्त राज्य अमेरिकाको १६ औं राष्ट्रपति लिंकन अत्यन्तै प्रभावशाली राष्ट्रपतिको रुपमा परिचित छन् । राष्ट्रिय एकता र अखण्डतामा आँच आउन नदिइकन अमेरिकी गृहयुद्धको सफल अन्त्य र दासप्रथाको उन्मुलन गर्न सफल भए । काला वर्णका हप्सीहरुलाई दासताको बन्धनबाट मुक्त गरी कालजयी बन्न सके । ती महान् व्यक्तित्वलाई सन् १८६५ अप्रिल १४ मा हत्या गरियो । उनको त्यो योगदानबाट विश्वले पाठ सिकिरहने छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *