चिकित्सा विज्ञानले अभूतपूर्व विकास गरिसक्दा पनि मेशिनबाट रगतको आपूर्ति हुन सकेको छैन ।

 


काठमाडौं, जेष्ठ १७ गते ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार केन्द्र प्रदर्शनीमार्गले ‘रक्तदान जीवन दान’ भनेर ल्याएको नाराले नै स्पष्ट गर्छ कि मानव जातिको अस्तित्वको मुलभुत आधार रगत नै हो । प्रत्येक प्राणीको जीवन अस्तित्वको लागि रगत चाहिन्छ । सन्दर्भ चाहिँ मानव रगतको हो । मानव शरीरको उपचारको लागि रगतको आवश्यकता पर्ने भएकाले नेपालको ज्येष्ठ अस्पताल वीर अस्पतालको स्थापनासँगै रगत संकलन र व्यवस्थापनको काम नेपालमा प्रारम्भ भएको हो । अन्य देशहरुको पनि अवस्था यही नै हो । मानव शरीरभित्र निरन्तर प्रवाह भइरहने रातो रङको तरल पदार्थ नै रगत हो । विज्ञान र प्रविधिको क्षेत्रमा अभूतपूर्व विकास भइसक्दा पनि रगत प्राप्तिको स्रोत स्वयंसेवी रक्तदाता नै भएका छन् । त्यसैले रगत प्रकृतिको अनुपम देन हो ।

चिकित्सा विज्ञानले अभूतपूर्व विकास गरिसक्दा पनि मेशिनबाट रगतको आपूर्ति हुन सकेको छैन । मानिसले खाएको ठोस वा तरल पदार्थलाई रगतमा परिणत गरेपछि मानव जीवनको अस्तित्व सम्भव भएको हो । बिरामीलाई आवश्यक पर्ने रगतको आपूर्ति ३ वटा स्रोतबाट हुने गरेको देखिन्छ । स्वयंसेवी, आफन्त र पेशेवर रक्तदाताबाट आपूर्ति हुन्छ । नेपालको सन्दर्भमा पेशेवर रक्तदाता खुलेआम रुपमा छैनन् । नेपाली समाज बढी नै सहिष्णु भएकाले हुनुपर्छ कि रगतमा व्यापार गर्ने अपहेलित हुन्छन् । जीवनसँग सम्बन्धित यो विषय सेवाभावले ओतप्रोत हुनुपर्छ भन्ने मान्यता नेपाली समाजले राख्छ । रगत शरीरबाट निकाल्नु हुँदैन र यसले शरीर कमजोर बनाउँछ भन्ने गलत सोच पनि समाजमा प्रवाहित भएकाले स्वयंसेवी रक्तदाताहरु उल्लेख्य मात्रामा बढ्न नसकेको हो । यसको वैकल्पिक माध्यम भनेको बिरामीको आफन्त हुन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *