पछिल्लो चौबिस घण्टमा ९,८४१ कोरोना संक्रमणमुक्त, ६,८५५ संक्रमित थपिए भने ९६ जनाको मृत्यु ।

 


काठमाडौं, जेष्ठ १४ गते ।

पछिल्लो चौबिस घण्टामा ९ हजार ८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणमुक्त हुनेहरुको यो सबैभन्दा ठूलो संख्या हो । उक्त संख्यासँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख २८ हजार ६७० जना पुगेको छ । संक्रमित निको हुनेको दर ७८.१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा संक्रमित हुनेको संख्या ६ हजार ८५५ जना रहेको छ । उक्त संख्यासँगै कुल संक्रमित हुनेहरुको संख्या ५ लाख ४९ हजार १११ जना पुगेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ जना रहेको छ । पछिल्लो चौबिस घण्टामा मृत्यु हुनेको संख्या ९६ जना रहेको छ । उक्त संख्यासँगै मृत्यु हुनेको कुल संख्या ७ हजार ४७ जना पुगेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *