सांस्कृतिक सम्पदाले मानव सभ्यता विकासको ऐतिहासिक पहिचान बोकेको प्रतिबिम्बन गर्छ ।

 


काठमाडौं, जेष्ठ १० गते ।

सांस्कृतिक सम्पदाले मानव सभ्यता विकासको ऐतिहासिक पहिचान बोकेको प्रतिबिम्बन गर्छ । त्यसैले सांस्कृतिक सम्पदा संरक्षणका लागि राज्य र समुदायले महत्व दिएका हुन्छन् । यो सामाजिक अस्तित्वको आधारस्तम्भको रुपमा रहेको हुन्छ । सांस्कृतिक सम्पदा सामाजिक संस्कारको रुपमा विकास भएका हुन्छन् । यिनीहरु पूर्वजबाट नयाँ पिँढीमा हस्तान्तरण हुन्छन् । सांस्कृतिक सम्पदा विश्वकै साझा सम्पत्तिको रुपमा रहेका हुन्छ । मानवीय सभ्यता विकासका विभिन्न कालखण्डमा निश्चित मानव समूहले निर्माण गरेका हुन्छन् । यद्यपि आज तिनीहरु सबैका साझा सम्पत्ति हुन्छन् । सांस्कृतिक सम्पदाले सम्बन्धित समुदाय र देशको ऐनाको रुपमा काम गर्छन् ।

यिनीहरुले मानव समाजलाई जोड्ने सेतुका रुपमा काम गर्छन् । संस्कारको रुपमा विकास भएका सांस्कृतिक सम्पदाले त झनै समाजलाई मार्गनिर्देशन नै गर्छन् । सांस्कृतिक सम्पदाले मानव समाजलाई संस्कारयुक्त जीवन दिन्छ । यो परिवार–परिवार, समाज–समाज र राष्ट्र–राष्ट्र जोड्ने सेतु हो । सांस्कृतिक सम्पदाको संरक्षण गर्दा प्राचीन सम्पत्तिहरुको संरक्षण हुन पुग्दछ । पर्यटनस्थलको रुपमा विकास भई आर्थिक तथा सांस्कृतिक विकास हुन्छ । भावी पुस्ताले प्राचीन र सांस्कृतिक सम्पदा देख्न, अध्ययन तथा अनुसन्धान गर्ने अवसर पाउँछन् । यसले अन्तर्राष्टियस्तरमा पहिचान निर्माण गर्दछ । समाजमा संस्कृति र सामाजिक परम्परा कायम रही रोजगारीको अवसर उपलब्ध हुन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *