ठाकुर र महतो सरकारमा जाने, उमाशंकर अरगरिया र विमल श्रीवास्तव मन्त्रीको सूचीमा अग्रपंक्तिमा ।

 


काठमाडौं, जेष्ठ ८ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । ठाकुर–महतोले सरकारमा सहभागिताको विषयमा आफू निकटकाहरुसँग छलफल शुरु गरेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को पूर्णता दिने क्रममा ठाकुर–महतोलाई पनि सहभागी गराउने भएपछि कुन–कुन मन्त्रालय लिने र को–को मन्त्री बन्ने सम्बन्धमा छलफल शुरु गरेका हुन् । सरकारमा जाने निश्चित भएकाले मन्त्रालय र मन्त्रीको लागि छलफल गर्दैछन् । स्रोतका अनुसार राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने पनि निश्चित भएको बताइएको छ । उपेन्द्र यादव पक्षबाट ठाकुर–महतो पक्षमा लागेका उमाशंकर अरगरिया र विमल श्रीवास्तवको नाम मन्त्रीको सूचीमा अग्रपंक्तिमा राखिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *