प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा गरेपछि विपक्षी गठबन्धनको आज संयुक्त बैठक बस्दै ।

 


काठमाडौं, जेष्ठ ८ गते ।

राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभाको विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि आज विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएको छ । आज बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको छ । विकसित राजनीतिक घटनाक्रमको विश्लेषण सहित आागामि रणनीति बनाउन बैठक बस्न लागेको बताइएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल समूह, जनता समाजवादी पार्टी बाबुराम–उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको बैठकमा सहभागिता हुने बताइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *