नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुको आकस्मिक बैठक बोलाए ।

 


काठमाडौं, जेष्ठ ८ गते ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले हठात् प्रतिनिधिसभाको विघटन गरेपछिको राजनीतिक घटनाक्रमको विश्लेषण गर्नको लागि बैठक बोलाइएको बताइएको छ । बैठक शनिबार बिहान ९ बजे बूढानिलकण्ठमा बस्ने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरात संसद विघटन गरेपछि राजनीतिले नयाँ मोड लिएको छ । कार्तिक २६ गते र मंसिर ३ गतेका लागि निर्वाचन मिति तोकेको अवस्थामा कांग्रेसको आकस्मिक बैठक बस्न लागेको हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *