संघीयतामा आधारित लोकतन्त्रलाई नेपालको विशिष्टताको आधारमा पुर्नपरिभाषित र पुनर्माजित गरिनु पर्छ ।

 


काठमाडौं, जेष्ठ ३ गते ।

पुँजीपतिहरुले व्यक्तिगत स्वतन्त्रतामा आधारित लोकतन्त्र भन्छन् । धर्ममा आधारित, समुदायमा आधारित, क्षेत्रमा आधारित राजनीति गर्नेहरुले पनि आ–आफ्नै ढंगले लोकतन्त्रको कुरा गर्छन् । नेपाल गणतान्त्रिक भएको छ । राजनीतिक उपलब्धीको हिसाबले धेरै उपलब्धी प्राप्त छन् । तर, सामाजिक न्याय छैन । भ्रष्टाचार घटेको छैन । दुराचार घटेको छैन । सामाजिक मनोविज्ञानमा परिवर्तन भएको छैन । कुकर्मको कटौति हुन सकेको छैन । सामाजिक न्याय सहितको लोककल्याणकारी राजनीति स्थापित हुन सकेको छैन । आर्थिक, सामाजिक, सांस्कृतिक उन्नयन भएको छैन । समाज झनै अपराधिकरणतर्फ उद्धत छ । राज्य जवाफदेही र लोककल्याणकारी हुन सकेको छैन् । उद्योगी, व्यापारी र सर्बसाधारणमा उन्नत संस्कारको विकास भएको देखिँदैन । त्यसो भए नेपालको लोकतन्त्र कस्तो अवस्थामा छ ?

नेपालको लोकतन्त्र संघीय लोकतान्त्रिक हो । संघीयतामा आधारित लोकतन्त्र हो । अब यो लोकतन्त्रलाई नेपालको विशिष्टताको आधारमा पुर्नपरिभाषित र पुनर्माजित गरिनुपर्छ । त्यसको लागि नेपालको मानवीय भूगोललाई आधार बनाएर राज्यको पुनर्र्सरचना गर्नुपर्छ । त्यसैको आधारमा लोकतन्त्रलाई समानुपातिक समावेशिकरण गरिनुपर्छ । त्यसो भएमा व्यक्ति, समुदाय र राष्ट्रको एकैसाथ उन्नयन गर्न सक्ने लोकतन्त्र स्थापित हुन्छ । त्यो लोकतन्त्र नेपाली मौलिकतामा आधारित हुन्छ । नेपालको लोकतान्त्रिक बहसलाई समावेशीकरणको आँखबाट लैजानु पर्छ । त्यसो भएमा नेपालको लोकतन्त्र लिकमा आउँछ । समृद्ध नेपाल निर्माणको आधार बन्छ । विद्यमान लोकन्त्रका मौलकताको अभाव छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *