प्रधानमन्त्रीको हैसियतमा मुख्तियार भएका भीमसेन थापा नेपालको पहिलो प्रधानमन्त्री हुन् ।

 


काठमाडौं, वैशाख ३१ गते ।

मुख्तियार जर्नेल भीमसेन थापाको जन्म वि.सं. १८३२ मा भएको थियो । त्यसैगरी मृत्यु वि.सं. १८९६ मा भयो । उनी वि.सं. १८६३ मा प्रधानमन्त्री बने । वि.सं. १८९४ सम्म शासन गरे । उनको जन्म गोरखा जिल्लाको बोर्लाङ स्थित पिपलथोकमा भएको थियो । वि.सं. १८५५ मा काठमाडौँ आएर सेनामा भर्ती भएका थिए । प्रधानमन्त्रीको हैसियतमा मुख्तियार भएका भीमसेन थापा नेपालको पहिलो प्रधानमन्त्री हुन् । उनले ३१ वर्ष शासन गरे । राजा रणबहादुर शाहले ‘म मरे मुलुक डुब्न्या छैन भीमसेन म¥यो भने डुब्न्या छ’ भन्नुले पनि उनी देशका लागि एक होनाहार व्यक्ति थिए भन्ने बुझिन्छ ।

वि.सं. १८७२ को सुगौली सन्धि उनकै प्रधानमन्त्री कालमा भएको थियो । नेपालको पूर्वी सिमाना टिस्टा र पश्चिम सिमाना कांगडा पुगेको अवस्थामा नेपालले आफ्नो भूभाग गुमायो भने सिमाना विस्तार अभियान पनि रोकियो । उनले माना, पाथी र बजार मूल्यमा एकरुपता कायम गरेका थिए । देशको सम्पूर्ण जग्गाको नापी गराई हले, पाटे र कोदाले गरी वर्गीकरण गरे । ऋणको निश्चित ब्याजदर तोकेका थिए । विना पारिश्रमिक कसैलाई पनि काममा लगाउन नपाउने व्यवस्था गरेका थिए । घुस लिनदिन नपाउने व्यवस्था गरेका थिए । उनको मृत्यु आत्महत्या गरेर भएको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *