नेपालपाना अनलाइनमा प्रकाशित समाचारप्रति शिल्पी विशेष प्रदेशको गम्भीर आपत्तिसहित ध्यानाकर्षण ।

 

काठमाडौं, वैशाख ३१ गते ।

यस धर्मराज मिडिया प्रा.लि.द्वारा सञ्चालित नेपालपाना अनलाइन www.nepalpana.com मा मिति २०७८ बैशाख २९ गते प्रकाशित समाचार “सांसद किनबेचका लागि उपेन्द्र र बाबुरामलाई चीन र इयुबाट आयो १७० करोड, तर ’क्याम्प चेञ्ज’ गरेका सांसदले पाएनन्’’ प्रति हामी जनता समाजवादी पार्टी नेपालका नेता–कार्यकर्ताको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदछौ । पहिचान र सामथ्र्यका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, पुर्ण समानुपातिक समावेशिता र अल्पसंख्यक सिमान्तकृत जाति, क्षेत्र, वर्ग, लिङ्गका जनताको अधिकार सहित राज्यका निकायमा प्रतिनिधित्व गराउने हाम्रो पार्टीको प्रमुख एजेन्डा हा े।

यी मुद्दाको कार्यान्वयन गर्न गराउन हाम्रो पार्टी कटिबद्ध छ । यस पवित्र अभियानमा होमिएका हाम्रा पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईमाथि विभिन्न किसिममा लाञ्छना लगाई यहाँको सञ्चार माध्यम मार्फत् कपोकल्पित र भ्रामक समाचार प्रकाशित भएकोप्रति हामी खेद प्रकट गर्दछौं । पत्रकारिता आचार संहिता बिपरित कुनै पनि तथ्य र प्रमाण बिना लेखिएका यस्ता कपोकल्पित र भ्रामक समाचारप्रति कुनै पनि सत्यता नरहेको हामी प्रष्ट पार्न चाहन्छौं । कसैको व्यक्तिगत र राजनीतिक जीवन नै तहसनहस पार्ने उदेश्यका साथ यस्ता कपोकल्पित र भ्रामक समाचारले हाम्रा नेताद्वयहरुको सामाजिक, व्यक्तिगत र राजनीतिक छबि नै ध्वस्त पार्नु पत्रकारिता आचारसंहिता विपरितको कार्य हो ।

प्रकाशित समाचारमा कुनै सत्यता नरहेको हामी फेरि पनि प्रष्ट पार्न चाहन्छौं र जति सक्दो चाँडो यहाँकै सञ्चार माध्यम मार्फत खण्डन प्रकाशित गरिदिनु हुन् समेत आग्रह गर्दछौं । साथै यस इमेलमा पठाएको समाचार खण्डन बारे उजुरी एक प्रति प्रेस काउन्सिल नेपाललाई समेत ध्यानाकर्षण गराउने हेतुले पठाएका छौं । आशा छ राज्यको चौथो अंगको रुपमा स्थापित सञ्चार माध्यमले यसरी समाजलाई भ्रममा पार्ने र उत्तेजित बनाउने खालका समाचारहरु तथ्यगत पुष्टि बिना अबका दिनमा प्रकाशित गर्ने छैन । प्रेस काउन्सिल नेपालमार्फत उल्लेखित समाचारबारे उचित न्याय नमिले हामी अदालतको ढोकासम्म पुग्न बाध्य हुने व्यहोरा समेत जनाउँदछौँ ।

दलमर्दन कामी
केन्द्रिय सदस्य एवं अध्यक्ष शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति
जनता समाजवादी पार्टी, नेपाल
९८५११५६१९६

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *