पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमित २२५ जनाको मृत्यु, ९४८३ जना नयाँ संक्रमित थपिए ।

 


काठमाडौं, वैशाख २८ गते ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा कोराना संक्रमणका कारण २२५ जनाको मृत्यु भएको छ । त्यसैगरी ९ हजार ४८३ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जनाको परीक्षण गरिएको थियो भने एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन् । त्यसैगरी पछिल्लो चौबिस घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमण मुक्त भएका छन् । काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९२७ जना संक्रमित भएका छन् । काठमाडौं जिल्लामा २ हजार ७८८ जना संक्रमित भएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *