प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत, विपक्षमा १२४, ढल्यो ओली नेतृत्वको कम्युनिष्ट सरकार ।

 


काठमाडौं, वैशाख २७ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा मागेको विश्वासको मतको पक्षमा ९३ मत खसेको छ । त्यसैगरी विपक्षमा १२४ मत खसेको छ । तटस्थमा १५ जना सांसद रहेका छन् । प्रतिनिधिसभाको मतदान गर्ने सांसदहरु २७१ जना थिए । मतदान प्रक्रियामा २३२ जना सांसद मात्रै सहभागी भए । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि ओली पदमुक्त भएका छन् ।

ओली पदमुक्त भएसँगै दुई तिहाई नजिकसम्म पुगेको ओली नेतृत्वको कम्युनिष्ट सरकार ढलेको छ । प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि ओली स्वतः पदमुक्त भएका छन् । प्रतिनिधिसभामा रहेको हालको संख्याको बहुमत १३६ जनाको समर्थन सरकारलाई हुनुपर्छ । एमालेका माधव नेपाल पक्षका सांसदहरु मतदान प्रक्रियमा सहभागी भएनन् । त्यसैगरी राप्रपाका राजेन्द्र लिङ्देन पनि सहभागी भएनन् । जम्मा २७ जना सांसद अनुपस्थित भए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *