सर्वहारा आन्दोलन र अधिनायकत्व मार्फत् लोकतन्त्रको समृद्धीकरण गर्न खोजे तर चुके ।

 

काठमाडौं, वैशाख २७ गते ।

प्रत्येक देश र समाजले लोकतन्त्रको समृद्धीकरण खोजेको देख्न पाइन्छ । युग बढ्दै जाँदा लोकतन्त्रले पनि काँचुली फेर्दै गएको देखिन्छ । लोकतन्त्रको पूर्णताको खोजी राजनीतिक जिम्मेवारी पनि हो । बेलायतको गौरवमय क्रान्ति, फ्रान्सेली राज्यक्रान्ति र अमेरिकी स्वतन्त्रता संग्रामपछि प्रतिनिधिमूलक लोकतन्त्र अभ्यासमा आयो । यस प्रकृतिको लोकतन्त्रमा विसंगति देखिँदै गए । सोही क्रममा कार्ल माक्र्सले लोकतन्त्रको समृद्धीकरणको नाममा आफ्नो दृष्टिकोण प्रस्तुत गरे । त्यसैलाई आधार बनाएर रुसमा अक्टोबर क्रान्ति भयो । जमीन्दार र नोवल केन्द्रित भएको प्रतिनिधिमूलक लोकतन्त्रलाई सर्वहारा वर्गमा लैजाने उद्घोष ग¥यो । त्यसको प्रभाव पूर्वी युरोप, चीन, क्युवा, उत्तर कोरिया लगायतका देशहरुमा प¥यो । सर्वहारा आन्दोलन, सर्वहारा सत्ता र समाजवादको प्रयोग गर्दै लोकतन्त्रको समृद्धीकरण गर्न खोजियो । कालान्तरमा वर्गको नाममा, पार्टी र नेताहरुको नाममा पार्टी र राज्यशक्तिको अत्याधिक केन्द्रिकरण भयो ।

त्यसले पनि लोकतन्त्रलाई कुण्ठित बनायो । अन्ततः व्यक्तिको सार्वभौमिकतालाई खुम्च्यायो । माक्र्सवादी दृष्टिकोण अनुसार एकातर्फ लोनिन, स्टालिन, माओ, किम इल सुङ र फिडेल क्यास्ट्रोहरुको उदय भयो । उनीहरुले प्रतिनिधिमूलक लोकतन्त्रको पूरै विरोध गरे । अर्कोतर्फ एडवर्ड बर्नस्टिन, कार्ल काउत्स्की, रोजा लक्जेम्वर्ग जस्ता सर्वहारा केन्द्रित लोकतन्त्रवादीहरु देखा परे । लेनिनहरु सर्वहारा अधिनायकत्वको दिशामा गए । रोजाहरु मानवतावादको दिशामा गए । सर्वहारा केन्द्रित लोकतन्त्रको नाममा सर्वहारा वर्गको अधिनायकत्वको नारा दिनेहरुले पनि लोकतन्त्रको समृद्धीकरण गर्न सकेनन । आज त्यो धार रक्षात्मक अवस्था पुगेको देखिन्छ । त्यसैगरी मानवतावादी धारबाट लोकतन्त्रको समृद्धीकरण गर्न खोज्नेहरुले पनि स्पष्ट आकार लिन सकेनन् । साम्यवाद अर्थात् सुन्दर समाजको परिकल्पना गर्नेहरु पनि लोकतन्त्रको अभ्यासमा चुके ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *