प्रधानमन्त्री ओलीले विश्वासको मत लिने क्रममै एमालेको औपचारिक विभाजन हुन सक्ने ।

 

काठमाडौं, वैशाख २५ गते ।

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दिन पछि संसदमा विश्वासको मत लिँदैछन् । उनको सरकार टिक्ने वा नटिक्ने एमालेकै खनाल–नेपाल समूह निर्णाय बनेको छ । उक्त समूह ओली सरकारलाई विश्वासको मत दिन सक्ने अवस्थामा छैन । ओली र नेपाल आ–आफ्नै रणनीतिमा लागेका छन् । उनीहरुले शुक्रबार गरेको भेटघाट र छलफलले दुरी घटाउने संकेत गरेको देखिँदैन । राजनीतिका जानकारहरु यसलाई एमालेको औपचारिक विभाजनको दिन आउँदै गरेको भन्ने विश्लेषण गर्न थालेका छन् ।

दोस्रो तहका केही नेताहरु पार्टी फुट्ने दिन आउन लागेको भन्दै अन्तरविरोध कम गर्ने र नेताहरुलाई एक ठाउँमा ल्याउने कसरत पनि गर्दैछन् । तर, राजनीतिका जानकारहरु त्यो पहल निर्णायक नहुने बताउँछन् । माधव नेपाल एमालेलाई माओवादी केन्द्रसँगको एकीकरण पूर्वको अवस्थामा पु¥याउनु पर्ने अडानमा यथावत छन् । ओली त्यसका लागि तयार छैनन् । व्यवहारिक रुपमा एमाले फुटेकै छ । ओली स्वयम्ले कानुनी रुपमै पार्टीलाई अलग गर्न खोजेका हुन भन्ने मत पनि राजनीतिक वृतमा चलिरहेकै छ ।

सोही प्रयोजनका लागि ओलीले वातावरण बनाउन एकाएक विश्वासका मत लिन तयार भएका हुन् । ओली आफ्नो योजना बमोजिम नै विश्वासका मत लिन तयार भएका हुन् । खनाल–माधव समूह पनि ओलीसँग मिलेर जान कठिन भएको भन्नेमा स्पष्टै छ । एमालेलाई फुटबाट जोगाउने हो भने ओली पक्ष वा खनाल–माधव पक्ष कुनै एक आफ्नो अडानबाट पछि हट्नु पर्ने हुन्छ । जुन तत्काल सम्भव छैन् । त्यसैले वैशाख २७ गते एमाले जीवनका लागि निर्णायक दिन बन्न सक्ने विश्लेषण गरिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *