विपक्षीहरुको साझा उम्मेदवारको रुपमा राष्ट्रिय सभाको सदस्य पदमा डा. खिमलाल देवकोटाको उम्मेदवारी दर्ता ।

 


काठमाडौं, वैशाख २४ गते ।

विपक्षीहरुको साझा उम्मेदवारको रुपमा राष्ट्रिय सभा सदस्य पदमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह र जसपा नेपालको डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षको साझा उम्मेदवारको रुपमा प्रदेश कार्यालय हेटौडामा उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा माओवादी केन्द्र छोडेका कारण उक्त पार्टीले राम बहादर थापालाई कारबाही गरेपछि रिक्त रहेको स्थानमा निर्वाचन हुन लागेको हो । आगामी जेष्ठ ६ गते रिक्त राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *