हिमाल पारीको जिल्ला मुस्ताङको मार्फामा स्याउको बोटमा ढकमक्क फूल फुल्दा कृषक उत्साहित ।

 


काठमाडौं, वैशाख २४ गते ।

हिमाल पारीको जिल्ला मुस्ताङको मार्फामा स्याउको बोटमा ढकमक्क फूल फुल्दा कृषक उत्साहित भएका छन् । स्याउको राजधानी भनेर चिनिने उक्त जिल्लामा स्याउको बोटमा ढकमक्क फूल फुल्दा स्याउ उत्पादनमा वृद्धि हुने आशामा स्थानीय किसानहरु उत्साहित भएका हुन् । स्याउको बोटमा फुलेको फूलको आधारमा नै स्याउको उत्पादन निर्भर हुने गर्छ ।

यस पटकको फूल फुलेको हेर्दा प्रशस्तै स्याउ उत्पादन हुने विज्ञहरुको भनाई रहेको छ । यस वर्ष समयमै हिमपात भएका कारण स्याउमा धेरै फूल लागेको स्थानीय किसानको भनाई रहेको छ । दिउँसो राम्ररी घाम लागेको र मौसम सफा भएको कारण पनि स्याउमा फूल धेरै लागेको बताइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *