उपत्यकाको आवागमनमा थप कडाई, बिहान नौ बजेसम्म मात्रै पसल खुला, फुटपाथ व्यवसाय बन्द ।

 


काठमाडौं, वैशाख २३ गते ।

काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाई गरिएको छ । सुरक्षाकर्मीहरुले आवागमनमा थप कडाई गरिरहेका छन् । बिहान नौ बजेसम्म मात्रै खाद्यन्नका पसलहरु खुल्न पाउनेछन् । फुटपाथ व्यवसायलाई पूर्ण रुपमा बन्द गरिएको छ । अत्यावश्यक खाद्य सामग्री र सुपरमार्केटका ग्रोसरी स्टोरमात्रै बिहान नौ बजेसम्म खुल्न पाउने भएका छन् ।

उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेका कारण उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले थप कडाई गर्ने निर्देशन जारी गरेका कारण कडाई गरिएको हो । उपत्यकामा कोभिड–१९ को नयाँ भेरियन्टका संक्रमित बढेका कारण निषेधाज्ञालाई थप कडाई गर्नु परेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *