वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार ठाउँमा आईसीयू सहितको कोभिड अस्पताल बन्ने ।

 


काठमाडौं, वैशाख २३ गते ।

सरकारले वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाको चार ठाउँमा आईसीयू सहितको कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेका कारण शैय्या अभाव हुन थालेको छ । निजी अस्पतालहरुले भने अत्याधिक शुल्क लिइरहेका छन् ।

उपचार नपाएरै कोरोना संक्रमितको ज्यान जाने अवस्था आएपछि सरकारले वैशाख २५ गतेसम्म कोरोना अस्पताल निर्माण गर्ने कार्यविधि बनाएको छ । वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, काठमाडौंको दहचोक र इचङ्गु नारायणमा कोभिड अस्पताल निर्माण गर्न लागिएको हो । वीर अस्पतालको नयाँ भवनमा कम्तीमा ५ सय शैय्याको कोभिड अस्पताल निर्माण गरिनेछ ।

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *