विज्ञहरुका अनुसार मार्शल आर्टस् भन्नाले दुई प्रतिद्वन्द्वीबीच खाली हात, शारीरिक बल र बुद्धिको प्रशिक्षणलाई बुझाउँछ ।

 

काठमाडौं, वैशाख २३ गते ।

मार्शल आर्टस् भन्नाले सम्बन्धित क्षेत्रका विज्ञहरुको अनुसार दुई प्रतिद्वन्द्वीबीच खाली हात, शारीरिक बल र बुद्धिको प्रशिक्षणलाई बुझाउँछ । मुख्यतः आत्मसुरक्षा, प्रतियोगिता तथा शारीरिक तन्दुरुस्तीका लागि यो खेल बढी चर्चित छ । प्राचीन समयमा आत्मसुरक्षा सहित युद्धभूमिमा aशत्रुलाई प्रभावकारी प्रहार गर्न यो ज्ञान अनिवार्य हुन्थ्यो । आजभोलि यस खेललाई राष्ट्रिय गौरवको रुपमा लिइन्छ । यस खेललाई विभिन्न समूहमा वर्गीकरण गरिन्छ । १. उभिएर खेल्ने समूह : यस अन्तर्गत कराते, तेक्वान्दो, कुङ फु र बक्सिङ्ग पर्दछन् । २. लडाउने पछार्ने समूह : यस अन्तर्गत जुडो, आइकिदो र हाप्किदो पर्दछन् ।

३. घुँडा टेकेर खेल्ने समूह : यस अन्तर्गत रसियन साम्बो, ब्राजिलियन जुजुत्सु, रेसलिङ र सुट फाइटिङ्ग पर्दछन् । ४. हतियार राखेर खेल्ने समूह : यस अन्तर्गत केन्दो पर्छ । ५. ध्यान लगाएर खेल्ने समूह : यस अन्तर्गत ताइची पर्छ । उपर्युक्त विभिन्न समूहमा पर्ने मार्शल आर्टस्का खेलको प्रमुख उद्देश्य भनेको शारीरिक र मानसिक तन्दुरुस्ती राख्दै आत्म अनुशासन सहितको आत्मरक्षा हो । आत्मरक्षाको साथै शत्रु पक्षलाई परास्त गर्न यो खेल बढी उपयोगी छ । बिना हातहतियार आत्मरक्षा गर्न यो खेल सम्बन्धी ज्ञान हुनु जरुरी छ ।

यस खेलले समयको महत्वलाई राम्ररी बुझाउँछ । यसमा सेकेण्ड–सेकेण्डको आवश्यकता हुन्छ । मार्शल आर्टस्को प्रशिक्षण लिने बेलामा व्यापक रुपमा अनुशासन सिकाइन्छ । समय र अनुशासन प्रति जिम्मेवार र वफादार व्यक्तिले जीवनलाई राम्ररी बुझ्न सक्छ । यस खेल खेल्ने मानिसले आफ्नो प्रतिभा बढाउन सक्छ । प्रतिभा र क्षमता भएका तर आत्मबल कमजोर भएकाहरुलाई यस खेलले उत्साहित बनाउँछ । सम्मान र समानताको शिक्षा पनि यो खेलको आत्मा हो । बहुआयामकि प्रयोजनको लागि यो खेल अत्यन्तै उपयोगी हुन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *