पछिल्लो चौबिस घण्टामा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि, थप ५८ जनाको मृत्यु ।

 


काठमाडौं, वैशाख २२ गते ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी थप ५८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । २० हजार ७५६ जनाको पीसीआर र ६१६ जनाको एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट ८ हजार ६०५ जना र एन्टिजेन्ट परीक्षण विधिबाट ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त संक्रमितको संख्या थपिएसँगै कुल संक्रमितको संख्या ६६ हजार ३५२ जना पुगेको छ । नेपालमा हालसम्म ३ लाख ५९ हजार ६१० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *