शक्ति राष्ट्र अमेरिका र चीनबीच आधारभूत हिसाबले बाध्यात्मक मेल छ भने द्वन्दात्मक स्वार्थ पनि छ ।

 

काठमाडौं, वैशाख २० गते ।

रसिया, जापान, बेलायत, जर्मनी, क्यानडा, भारत, फ्रान्स आदि शक्ति सम्पन्न मुलुकसँग भन्दा चीनसँग नै अमेरिकाले चुनौती बढी देखेको छ । चीनले विभिन्न देशमा लगभग एक करोड खर्ब डलर लगानी गरिसकेको छ भनिन्छ । त्यसमा पनि अमेरिकामा नै झन् लगानी बढाएपछि अमेरिकी अर्थतन्त्र चीनको हातमा आउने भय बढेको पनि छ । चीन अमेरिकाको दोस्रो व्यापारिक साझेदार मुलुक हुनुले पनि उपर्युक्त भनाईलाई पुष्टि गर्छ । दक्षिण एसियाको उदाउँदो शक्ति राष्ट्र भारतलाई साथमा लिएर अघि बढ्ने योजना भए पनि चीनलाई चलाउन सक्ने अन्तर्राष्ट्रिय कारण बन्न सकेको छैन ।

दक्षिण कोरियामा त अमेरिकी सेना तैनाथ नै छन् । भारत अमेरिकाको १३ औं व्यापारिक साझेदार मुलुक हो । यी दुई राष्ट्र एक भई चीनलाई सन्तुलनमा ल्याउने योजना असफल भइरहेको छ । तिब्बत मामिला पनि त्यति दह्रो आधार बनेन । चिनियाँ राष्ट्रपति सि जिङपिङले एउटा कार्यक्रममा ‘वर्तमान आर्थिक भुमण्डलीकरणका कारण सबै देशहरु एउटै डुङगामा बसेको सम्झनुपर्छ’ भनेर दिनुभएको यो भनाईको दूरगामी महत्व छ । यो उसको विरुद्धमा आउनेलाई सान्दार र कुटनीतिक धक्का नै हो ।

शक्ति राष्ट्र अमेरिका र चीनबीच आधारभूत हिसाबले बाध्यात्मक मेल छ भने द्वन्दात्मक स्वार्थ पनि त्यत्तिकै छ । नेपाल चीनको छिमेकी मुलुक भएकाले यी दुई शक्तिशाली राष्ट्रबीचको आधारभूत मेल र द्वन्द्वात्मक स्वार्थको प्रत्यक्ष प्रभाव पर्छ । तिब्बत मामिला भन्दा अन्य कुनै पनि विषयमा चीनका लागि नेपाल महत्वको छैन । सामरिक हिसाबले पनि चीन आफूलाई अगाडि बढाउँदै छ । राष्ट्रिय सुरक्षाको लागि भन्दै सैन्य क्षेत्रमा ठूलो लगानी गरिरहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *