निषेधाज्ञामा पनि काठमाडौं उपत्यकामा अत्यावश्यक सेवाका नाममा ठूलो संख्यामा सवारी साधन गुडिरहेका छन् ।

 


काठमाडौं, वैशाख १९ गते ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेको छ । वैशाख १६ गतेबाट शुरु भएको निषेधाज्ञा वैशाख १९ गतेसम्म पुग्दा सडकमा ठूलो संख्यामा सवारीका साधन गुडेको देख्न पाइन्छ । पास, प्रेस र अत्यावश्यक सेवाका नाममा गाडीहरु गुडिरहेका छन् । कतिपय चोकमा त जोर विजोरको अवस्थामा जस्तै गाडीहरुको संख्या देख्न पाइन्छ । प्रधानता डटकमका प्रतिनिधि काठमाडौं र ललितपरका विभिन्न स्थानहरुको अवलोकन गर्न निस्केको थियो ।

सोही क्रममा दर्शकको जानकारीका लागि ललितपुरको ग्वार्कोको आकाशे पुलबाट लिएको भिडियोले सो स्थितिलाई देखाउँछ । शक्ति र पहुँचका आधारमा ठूलो संख्यामा पास लिएकाहरुले सवारी साधान हाँकिरहेको जनगुनासो हुने गरेको छ । निषेधाज्ञालाई प्रभावकारी बनाउँन आवतजावतलाई कडाई गर्न जरुरी हुन्छ । कोटेश्वर चोकमा एक व्यक्तिसँग सो विषयमा जिज्ञासा राख्दा निषेधाज्ञाको पहिलो र दोस्रो दिनमा भन्दा सडकमा ठूलो संख्यामा गाडीहरु गुडिरहेको उनले बताए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *