भारतमा पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख नाघेको छ ।

 

काठमाडौं, वैशाख १८ गते ।

भारतमा पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख नाघेको छ । कोरोना भाइरस महामारी शुरु भएयताकै यो सबैभन्दा धेरै संक्रमितको संख्या भएको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार पछिल्लो चौबिस घण्टामा भारतभर कुल संक्रमित हुनेको संख्या ४ लाख १ हजार ९३३ रहेको छ ।

उक्त संक्रमणसँगै भारतभर संक्रमित हुनेको कुल संख्या ९१ लाख ६४ हजार ९६९ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण ३ हजार ५२३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको उक्त संख्या थपिएसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या २ लाख ११ हजार ८५३ जना पुगेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *