निषेधाज्ञामा खाद्य सामग्रीका पसल बिहान र बेलुका खुल्नेछन् भने डिपार्टमेन्टल स्टोरमा दिउँसो ।

 


काठमाडौं, वैशाख १६ गते ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं उपत्यकाका खाद्य सामग्रीका पसलहरु बिहान र बेलुका मात्रै खुल्न दिने आदेश दिएका छन् । आदेश अनुसार बिहान १० बजेसम्म खाद्य सामग्रीका पसलहरु खुल्न पाउनेछन् । त्यसैगरी बेलुका भने ५ बजेदेखि ७ बजेसम्म खुल्न पाउनेछन् । दुई मिटर भौतिक दुरी कायम गरेर पसल सञ्चालन गर्नु पर्नेछ । सरकारले तेकेका मापदण्डलाई पनि पालन गर्नुपर्नेछ । डिपार्टमेन्टल स्टोरहरु भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्नेछन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *