काठमाडौं, वैशाख १२ गते ।
नेपालमा पछिल्लो चौबिस घण्टामा २८ जना कारोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको पछिल्लो बिबरण अध्यावधिक गर्दै उक्त जानकारी गराएको हो । एकैदिन यतिका संख्यामा कोरोना भाइरसका कारण मृत्यु पुष्टि हुनेको यो सबैभन्दा धेरै संख्या हो । मृत्यु हुनेको उक्त संख्यासँगै कोरोना संक्रमणको कारण मृत्यु हुनेको कुल संख्या ३ हजार १६४ जना पुगेको छ । पछिल्लो चैबिस घण्टामा मात्रै १६ जना संक्रमितको मृत्यु भएको छ ।