नेपालमा पछिल्लो चौबिस घण्टामा कोरोना भाइरसका १ हजार १५ जना नयाँ संक्रमित थपिए ।

 


काठमाडौं, वैशाख ५ गते ।

पछिल्लो चौबिस घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार १५ जना नयाँ संक्रमित थपिएका छन् । ५ हजार ८४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा उक्त संख्यामा कोरोना संक्रमितको पहिचान भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला दिनमा कोरोना संक्रमितको ग्राफ तीब्र रुपमा बढेको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८४ हजार ७४२ जना पुगेको छ । पछिल्लो चौबिस घण्टामा २२६ जना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म २ लाख ७५ हजार ३ जना संक्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार हाल ६ हजार २९० जना सक्रिय संक्रमित रहेका छन् । ८५ जना क्वारेन्टाइनमा रहेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *