एमाले सांसदले फ्लोर क्रस गर्दा कर्णाली प्रदेशमा महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगियो ।

 


काठमाडौं, वैशाख ३ गते ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारले विश्वासको मत हासिल गरेको छ । मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको छ भने विपक्षमा १५ मत परेको छ । एमालेका चार जना सांसदले ह्विप उल्लंघन गरेर विपक्षमा मतदान गरेका कारण मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेका हुन् । शुक्रबार कर्णाली प्रदेशसभामा भएको मतदान प्रक्रियामा शाहीको पक्षमा बहुमत सांसद उभिएका हुन् ।

माओवादी केन्द्रका १२ जना, नेपाली कांग्रेसका ६ जना र एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका थिए । कांग्रेस र माओवादीसँग बहुमत सांसद नभएकाले शाही नेतृत्वको सरकार ढल्ने पक्का थियो । एमाले संसदीय दलका नेता यमलाल कँडेलको ह्विप उल्लंघन गरेर शाही नेतृत्वको सरकारको पक्षमा मतदान गरेका थिए । माधव नेपाल पक्षका चार जना सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले ह्विप उल्लंघन गरेर सरकारको पक्षमा मतदान गरेका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *