काठमाडौं, वैशाख २ गते ।
एसिया महादेशको दक्षिण क्षेत्रमा अवस्थित भुटान एक भूपरिवेष्ठित देश हो । यसको उत्तर तर्फ चीन र दक्षिण तर्फ भारत छिमेकी देश रहेका छन् । यस देशको राजधानी थिम्पु हो । भुटानको सबैभन्दा ठूलो शहर पनि थिम्पू नै हो । सरकारी कामकाजको भाषा जोङ्खा हो । एकात्मक संसदीय संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था छ । यहाँको संसदको माथिल्लो सदनलाई नेशनल काउन्सिल भनिन्छ भने तल्लो सदनलाई नेशनल एसेम्ब्ली भनिन्छ । यस देशको कुल क्षेत्रफल ३८,३९४ वर्ग कि.मि. रहेको छ । भूगोलको हिसाबले यो देश विश्वको १३६ औँ ठूलो देश हो । सन् २०१२ को अनुमानित जनसङ्ख्या ७,४२,७३७ जना रहेको छ । जनसङ्ख्याको हिसाबले यो देश विश्वको १६५ औँ ठूलो देश हो । जनघनत्व प्रति वर्ग कि.मि. १८ जना रहेको छ । जनघनत्वको हिसाबले यो देश विश्वका देशहरुमा १९६ औँ स्थानमा रहेको छ । प्रति व्यक्ति वार्षिक आय २,८३६ अमेरिकी डलर रहेको छ । प्रति व्यक्ति आयको हिसाबले यो देश १३० औँ स्थानमा रहेको छ । यस देशको मुद्रालाई भुटानिज नेगुल्ट्रम भनिन्छ । भुटानमा ७५ प्रतिशत भन्दा बढी मनिसहरु बौद्ध धार्मिक समुदायका छन् । कृषि र पर्यटन व्यवसाय भुटानको प्रमुख आयश्रोत हो भने विद्युत र फर्निचरका सामानहरुको उल्लेख्य निर्यात हुन्छ । १६आँै शताब्दीमा तिब्बतीहरुले यस देशमा शासन प्रारम्भ गरेको पाइन्छ । धार्मिक मान्यताको आधारमा राजनीतिक गतिविधिहरु सञ्चालन हुने गर्थे । राजनीतिक प्रणालीमा धर्म राजा र देव राजाको व्यवस्था थियो । धर्म राजा पुनर्जन्मको विश्वास र मान्यतामा आधारित वंशीय परम्परा थियो । यो राजाको छोरा राजा हुने परम्परा हो ।
भुटानमा आज पनि त्यही परम्पराले निरन्तरता पाएको छ । देव राजाले प्रशासनिक नेतृत्व गर्दथ्यो । त्यसमा प्रतिस्पर्धा मार्फत प्रशासनिक नेतृत्वको चयन हुन्थ्यो । अर्थात् प्रतिस्पर्धामा आधारित प्रशासनिक व्यवस्था हो । सन् १७७४ मा भुटान र इष्ट इण्डिया कम्पनी मार्फत बेलायतबीच पारस्परिक सहयोग र सद्भावना सम्बन्धी सम्झौता भयो । यो सम्झौता मार्फत बेलायती साम्राज्यले भुटानमा प्रभाव पार्ने बाटो पायो । सन् १८६५ मा सम्झौताको नबिकरण भयो । उक्त नबिकरण मार्फत् बेलायतले भुटानको अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने अधिकार प्राप्त ग¥यो । यो बेलायती साम्राज्यको भुटानमाथिको थप प्रभाव थियो । सन् १९१० मा सम्झौताको पुनः नबिकरण गरी बाह्य सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने दुवै अधिकार बेलायतले आफ्नो हातमा लियो । सन् १९५० को दशकमा दास प्रथा उन्मुलन र जातीय विभेदको अन्त्य जस्ता उपलब्धी भयो भने महिला हिंशा नियन्त्रणका उल्लेख्य कार्यक्रमहरु सञ्चालन भए । सन् १९९० मा जातीय विद्रोह भयो । नेपाली भाषी नागरिकहरु सरकार विरुद्ध उत्रिए । उनिहरुमाथि राज्यले दमन ग¥यो । लाखौँ नेपाली भाषी नागरिकहरु नेपाल प्रवेशसँगै शरणार्थी बने । सन् १९९९ मा प्रजातन्त्रवादी तथा मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई १ दशक लामो काराबासबाट मुक्त गरियो । सन् २००७ मा संविधान संशोधन मार्फत् संवैधानिक राजतन्त्रको घोषणा भयो । यसले प्रजातान्त्रिक अभ्यासमा केही योगदान गरेको ठानिन्छ ।