कोराना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट युवा र कम उमेर समूहका बालबालिकामा बढी ।

 


काठमाडौं, वैशाख १ गते ।

नेपालमा कोराना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट युवा र कम उमेर समूहका बालबालिकामा बढी देखिएको छ । शहरी क्षेत्रका बालबालिका बढी जोखिममा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकार गरिसकेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण नियन्त्रण महाशाखा (इडीसीडी) को पछिल्लो आंकडा अनुसार काठमाडौं उपत्यका र पोखरामा नयाँ भेरियन्टका संक्रमित बढी भेटिएका छन् । पोखरामा १७६ जनामा गरिएको परीक्षणमा १०५ जनामा ‘एस’ जीन नेगेटिभ भेटिएको छ ।

काठमाडौंमा ७६ जनामा गरिएको कोरोना परीक्षणमा ४८ जनामा ‘एस’ जीन नेगेटिभ पाइएको छ । अधिकंश युवा र कम उमेरका बालबालिकामा नयाँ भेरियन्ट पुष्टि भएको छ । नयाँ भेरियन्ट संक्रमणले भयावह स्थिति सिर्जना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले बताएका छन् । १८ वर्षमुनीका लागि कुनैपनि खोप विकास नभएकाले अवस्था जटिल बन्न सक्ने उनले एक अन्तरक्रियामा बताए । बालबालिका उच्चजोखिममा रहेकाले अनलाइन मार्फत् पढाई सञ्चालन गर्नुपर्नेमा जोड समेत दिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *