नेपालमा पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ४९६ नयाँ संक्रमितको पहिचान ।

 


काठमाडौं, चैत्र ३० गते ।

नेपालमा पछिल्लो चौबिस घण्टामा ४९६ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३७८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित भएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८० हजार ५२४ जना पुगेको छ ।

पछिल्लो चौबिस घण्टामा १३८ जना निको भएर घर फर्केका छन् । हालसम्म २ लाख ७४ हजार १६५ जना पुगेको छ । हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार ५३ जना पुगेको छ । हाल ३ हजार ३०६ जना आइसोलेसनमा रहेका छन् । ८५ जना क्वारेन्टाइनमा रहेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *