सुदूरपश्चिमका महिलाहरु अझै अस्थाई रुपमा स्याउलाले बारेर बनाएको छाउगोठमा बस्न बाध्य छन् ।

 

काठमाडौं, चैत्र ३० गते ।

सरकारले गत वर्ष छाउगोेठ भत्काउने अभियान सञ्चालन गरेको थियो । यस क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशका हजारौ छाउगोठहरु भत्काइए तर अभियान सकिएसगैँ छाउगोठ पुनः निर्माण भएका छन् । सुदूरपश्चिमका महिला र किशोरीहरु अझै छाउगोठमा बस्न बाध्य छन् । अस्थाई रुपमा स्याउलाले बारेर झनै जोखिमपूर्ण गरी बसेका छन् । यसले महिलालाई झनै असुरक्षित बनाएको छ । कर्णाली र सुदूरपश्चिमका अधिकांश घरपरिवारका महिलाहरु अझै पनि छाउगोठमा नै बस्दै आएका छन् । अशिक्षा, अन्धविश्वास र गरिबीका कारण छाउगोठमा बस्न बाध्य छन् ।

भत्काइएका छाउगोठहरु धमाधम निर्माण भइरहेका छन् । ती छाउगोठमा सामूहिक रुपमा महिलाहरु बस्ने गरेका छन् । लुकछिपी एकान्तमा छाउगोठ बनाएका छन् । छाउगोठको रुपमा गाइगोठ, बाख्राको खोर र कतिपय खुला आकाशमुनि महिलाहरुले महिनावरी भएको बेलामा दिनहरु बिताएका छन् । छाउ बार्ने चलन हराएको छैन । त्यसैले छाउगोठ फेरि बन्न थालेका छन् । छाउगोठ उन्मूलन अभियान छाउगोठ भत्काउदैमा सफल हुन नसकेको देखिन्छ । छाउप्रथा विरुद्ध समुदायमा चेतना नबढाउँदा यी समस्या जिउँकातिउँ छन् । अघिल्लो वर्ष छाउगोठ भत्काइए । यस वर्ष आइपुग्दा धेरै ठाँउमा फेरि बनाइए । त्यसैले छाउगोठ भत्काउँदैमा छाउप्रथा विरुद्ध चेतना जागरण हुँदैन । अतः छाउप्रथा विरुद्ध जनजागरण कार्यक्रम आजको आवश्यकता देखिन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *