पुनर्जागरणपछि भौतिकवादको विकास, दृष्टिकोणमा वैज्ञानिकता र वैचारिक स्वतन्त्रताको विकास भयो ।

 

काठमाडौँ, चैत्र २७ गते ।

पुनर्जागरणको आन्दोलन यूरोपमा मध्य युगको समाप्ति र आधुनिक युगको स्थापनाको लागि भएको आन्दोलन थियो । शाब्दिक अर्थमा पुनर्जागरण भन्नाले पुनः जागृत हने कुरालाई बुझाउछ । अर्थात् पुनः उठ्ने वा जाग्ने कुरालाई बताउँछ । यूरोपमा रोमन साम्राज्यको पतनसँगै मध्ययुगको प्रारम्भ भयो । यस युगलाई अन्धकारको युग पनि भनिन्छ । त्यो युग सामन्ती दासताको युग पनि थियो । ईश्वरप्रतिको भक्तिभाव, पोप र चर्चको आदेशमा आधारित युग थियो । जहाँ विज्ञानको कनै गुञ्जायस थिएन । प्रकृतिका अनेकौ आयामहरुप्रति प्रश्न खडा हुदैन थिए । सबै प्रश्नहरुको जवाफ ईश्वरको लिला भन्नेमा टुङ्गिन्थ्यो । ज्ञान र विज्ञानका सबै बाटाहरु बन्द भएका थिए । मान्छे अँध्यारो युगमा फसेको थियो । प्रकृतिका आम रहस्य थाहा पाउदैन थिए ।

त्यो युग नै अन्धकारको युग थियो । त्यो अन्धकारको युगलाई भत्काउनको लागि यूरोपमा उत्पन्न जागरणको आन्दोलनलाई पुनर्जागरणको युग भनिन्छ । अझै स्पष्ट रुपमा भन्नु पर्दा मानिसलाई वैज्ञानिक, आधुनिक, तर्कपूर्ण र विवेकी बन्न प्रेरित गर्ने यूरोपेली जागरण आन्दोलन नै पुनर्जागरण हो । मध्य युगमा धर्माधिकारीहरुले बन्दी बनाएर राखेको चेतनाको जागरणलाई नै पुनः जागरणको रुपमा लिइन्छ । उक्त आन्दोलनले ज्ञान विज्ञानको विकाससँगै भाषा, साहित्य, कला, संस्कृति र धर्म सुधारका लागि चेतना प्रवाह ग¥यो । पुनर्जागरणपछि विज्ञानको उन्नति, नयाँ भौगोलिक क्षेत्रको खोजी, कलामा व्यापकता र नवीनता, कलकारखानाहरुको स्थापना, साहित्यजस्ता विषय विस्तार हुन थाले । यसले भौतिकवादको विकास, दृष्टिकोणमा वैज्ञानिकता, वैचारिक स्वतन्त्रता जस्ता आयामहरुको विकास भयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *