नेपालमा पछिल्लो चौबिस घण्टामा २६६ जना कोरोना संक्रमित थपिए भने १०२ जना निको भए ।

 


काठमाडौं, चैत्र २३ गते ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा २६६ जना नयाँ संmक्रमित थपिएका छन् । त्यसैगरी १०२ जना निको भएका छन् । ४ हजार ५३६ जनाको आरटीपीसीआर गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २१० जना पुगेको छ ।

कुल निको हुनेको संख्या २ लाख ७३ हजार ३४२ जना निको भएका छन् । मन्त्रालयका अनुसार हाल कुल संक्रमितको संख्या १ हजार ६७२ रहेको छ । पछिल्लो चौबिस घण्टामा थप दुई जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ३६ जना पुगेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *