जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले ओली प्रतिगमनकारी हुनुको ६ कारण स्पष्ट गरेका छन् ।

 


काठमाडौं, चैत्र २१ गते ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओली प्रतिगामी हुनुको ६ कारण पेश गरेका छन् । उनले ट्विट गर्दै ओली प्रतिगमनकारी हुनुको कारणहरु बुँदागत रुपमा पेस गरेका हुन । प्रतिनिधिसभा विघटन गरेदेखिनै डा. भट्टराईले ओलीलाई प्रतिगामी भएको आरोप लगाएका छन् । उनले आजको नेपाली राजनीतिमा हिटलर र भष्मासुर भएको आरोप पटक–पटक लगाएका छन् ।

संसद विघटन गर्नु र पुनस्र्थापित संसदलाई बिजिनेस नदिएर चल्न नदिनुलाई प्रमुख कारण भएको बताएका छन् । दोस्रो कारणमा संवैधानिक अंगलाई कब्जा गरेर सेटिङमा चलाउनुलाई प्रतिगमनको दोस्रो कारण भएको आरोप लगाएका छन् । तेस्रो कारणमा संघीयतालाई अपाङ्ग बनाएको आरोप लगाएका छन् । टिआरसी, मधेस तथा थारु विद्रोहको मुद्दा हल नगर्नुलाई प्रतिगमनको चौथो कारण उल्लेख गरेका छन् । प्रतिगमनको पाँचौँ कारणमा भ्रष्टाचारको पहाड निर्माण गर्नु भएको बताएका छन् । छैठौँ कारणमा अर्थतन्त्रलाई धारासायी बनाउनुलाई प्रतिगमन भएको आरोप लगाएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *