काठमाडौं महानगरपालिका र सिसडोलबासीबीच काठमाडौंको फोहोर विसर्जन गर्ने सम्बन्धमा सहमति जुटेन ।

 


काठमाडौं, चैत्र १९ गते ।

काठमाडौंको फोहोर विसर्जन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिका र सिसडोलबासीबीच आज भएको वार्ता निष्कर्षमा पुग्न सकेन । गत चैत्र १३ गतेदेखि काठमाडौंको फोहर विसर्जन हुन सकेको छ । काठमाडौंको फोहोर नुवाकोटको ओखरपौवास्थिति सिसडोलमा विसर्जन हुँदै आएको छ । सिसडोलबासी र काठमाडौं महानगरपालिकाबीचको वार्ता सकारात्मक नभएकाले तत्कालै काठमाडौंको फोहोर उठ्ने स्थिति छैन । सिसडोल ल्याण्डफिल क्षेत्रका जनताले सडक अवरोध तत्काल अन्त्य नगर्ने बताएका छन् ।

सिसडोलबासी र काठमाडौं महानगरपालिकाबीचको बैठक बुधबार र बिहीबार लगातार बसेको थियो । अव्यवस्थित ढंगले फोहोर विसर्जन भएकाले वातावरण प्रदुषित भएको आरोप सिसडोलबासीले लगाएका छन् । व्यवस्थित ढंगले फोहोर व्यवस्थापन गर्नुपर्ने र यसअघि काठमाडौं महानगरपालिकासँग भएका सम्झौताको कार्यान्वयन हुनुपर्ने उनीहरुको माग रहेको छ । ल्याण्डफिल प्रभावित क्षेत्रका विद्यालयहरुमा शिक्षकको संख्या बढाउनुपर्ने, सडक विस्तार गरी कालोपत्रे गर्नुपर्ने, अस्पताल निर्माण गर्नुपर्ने, एक घर एक रोजगारी उपलब्ध गराउनु पर्ने जस्ता माग गरेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *