सोभियत संघको स्थापना सन् १९२२ डिसेम्बर ३० मा र विघटन सन् १९९१ डिसेम्बर २९ मा भयो ।

 

काठमाडौं, चैत्र १९ गते ।

सोभियत संघको स्थापना सन् १९२२ डिसेम्बर ३० मा र विघटन सन् १९९१ डिसेम्बर २९ मा भयो । यस हिसाबले यसको अस्तित्व ६९ बर्ष रह्यो । सन् १९१७ को फेब्रुवरी महिनामा भएको फेब्रुवरी क्रान्तिले रसियन साम्राज्यको अन्त्य ग¥यो । जसलाई फेब्रुवरी बुर्जुवा प्रजातान्त्रिक क्रान्ति पनि भनिन्छ । त्यस क्रान्तिले सन् १७२१ देखि अस्तित्वमा रहेको १९६ वर्ष पुरानो रसियन साम्राज्यको अन्त्य ग¥यो । रसियन साम्राज्यको अन्तिम जार निकोलस द्धितीयलाई फेब्रुवरी क्रान्तिले अपदस्त ग¥यो । सन् १९१७ मा बोल्सेभिक पार्टीको नेतृत्वमा अक्टुबर महिनामा अक्टुबर क्रान्ति सम्पन्न भयो । जसलाई महान् अक्टुबर समाजवादी क्रान्ति वा बोल्सेभिक क्रान्ति पनि भनिन्छ । फेब्रुवरी क्रान्तिपछि निर्माण भएको प्रोभिजनल सरकारलाई अक्टुबर क्रान्तिले विस्थापित ग¥यो । विश्व पहिलो विश्वयुद्धमा गुज्रिरहेको थियो । उक्त समयमा रसियाको आन्तरिक राजनीतिमा परिवर्तन भइरहेको थियो । छोटो समयमा राजनीतिक परिवर्तन भइरहेका थिए । सन् १९१८ मा पहिलो विश्वयुद्धको अन्त्य भयो । पहिलो विश्वयुद्धपछि संयुक्त राज्य अमेरिका र रसिया सुपर पावरको लागि शक्ति संघर्षमा उत्रे । परिणामतः शीतयुद्धको प्रारम्भ भयो । रसियाले आफ्नो नेतृत्वमा सोभियत संघको गठन ग¥यो । जसलाई यू.एस.एस.आर.को रुपमा पनि चिनिन्छ ।

सन् १९१७ को अक्टुबर क्रान्तिपछि भ्लादिमिर लेनिनले रसियाको शासन प्रारम्भ गरे । उनकै अगुवाई र नेतृत्वमा सोभियत संघ निर्माणको आधार तयार भयो । विभिन्न स्वतन्त्र देशहरुलाई सन्धि मार्फत सोभियत संघमा समाहित गरियो । लेनिनले सन् १९२२ देखि १९२४ सम्म सोभियत संघको नेतृत्व गरे । जोसेफ स्टालिनले सन् १९२४ देखि १९५३ सम्म शासन गरे । त्यसैगरी निकिता ख्रुश्चेभले सन् १९५३ देखि १९६४ सम्म नेतृत्व गरे । सोभियत संघको अन्तिम शासक मिखाइल गोर्भाचोभले सन् १९८५ देखि १९९१ सम्म शासन गरे । सन् १९९१ डिसेम्बर २९ का दिन बेलोभेजा एकर्ड (सम्झौता) मार्फत सोभियत संघको विघटन भयो । सोभियत संघमा आवद्ध संघ राज्यहरु १५ वटा स्वतन्त्र राज्यको रुपमा स्थापित भए । ती स्वतन्त्र राज्यहरुको कमनवेल्थ निर्माण गरियो । सोभियत संघ विघटन पश्चात रसिया, इस्टोनिया, लिथुनिया, लाटभिया, बेलारुस, मोल्दोभा, युक्रेन, जर्जिया, अर्मेनिया, अजरबैजान, तुर्कमिनिस्तान, उज्बेकिस्तान, काजाकास्तान, क्रिजिस्तान र ताजिकास्तान जस्ता स्वतन्त्र राज्यहरु निर्माण भए । माक्र्सवाद–लेनिनवाद को वैचारिक आधारमा सोभियत संघले शासन गरेको थियो । अत्यन्तै केन्द्रिकृत आर्थिक तथा राजनीतिक प्रणालीको अभ्यास गरिएको थियो । अन्ततः आन्तरिक कारणले नै सोभियत संघको विघठन भयो । यो विषय आज इतिहासको गर्भमा पुगिसकेको छ । अस्तित्व गुमाई सकेको यो विषय युगौँयुगसम्म अध्ययनको विषय बनिरहनेछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *