पुरातत्वशाश्त्रीहरुका अनुसार मध्यपाषण युगका औजारहरु यूरोपमा भन्दा एसियामा बढी पाइएका छन् ।

 

काठमाडौं, चैत्र १९ गते ।

मानवको उत्पत्ति र सभ्यताको विकास अवधिलाई अध्ययनको सुविधाको दृष्टिले प्राग ऐतिहासिक, आद्य इतिहास र इतिहास गरी तीन खण्डमा विभाजन गरिएको छ । मानवले आफ्नो बानर गुण छोडेर मानव गुण लिन प्रयत्नशील युगलाई प्राग ऐतिहासिक युग भनिएको छ । जुन युगका लिखित प्रमाण उपलब्ध छैनन् । यस युगको पहिलो खण्डलाई पूर्व पाषण युग भनिन्छ । त्यसैगरी उक्त युगको दोस्रो खण्डलाई मध्य पाषण युग भनिन्छ । तेस्रो खण्डलाई नव पाषण युग भनिन्छ । अर्थात् पूर्व पाषण युगको समाप्ति तथा नव पाषण युगको शुरु हुनु अगाडिको अवधिलाई मध्य पाषण युग भनिन्छ ।

आज भन्दा १५ हजारदेखि १० हजार वर्षबीचको अवधिलाई मध्य पाषण युग मानिएको छ । यस कालमा हतियार निर्माणमा विविधता आउनुको साथै त्यसमा बीँड हाल्न थालियो । अजिलियन मानव समुदायले शिकार खेल्न सहयोगी हुने ध्येयले कुकुर पाल्न थाले । हरिणको सिङ प्रयोग गरेर हतियार बनाउन थाले । काट्ने, ताछ्ने, खुर्कने, माछा मार्ने बल्छी जस्ता हतियार निर्माण गर्न थाले । पुरातत्वशाश्त्रीहरुका अनुसार मध्य पाषण युगका औजारहरु यूरोपमा भन्दा एसियामा बढी पाइएका छन् । त्यसमा पनि भारतमा बढी पाइएको छ । पश्चिम भारतीय क्षेत्रमा मध्य पाषण युगका पशु अवशेष धेरै पाएका छन् । उक्त अवशेषका आधारमा मानिसले कुकुर, बिरालो, हरिण, मृग, घोडा, गाई, भैंसी आदि पशुपालन गर्दथे भन्ने अनुमान गरिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *