जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन मौसममा सुधार नहुने ।

 


काठमाडौँ, चैत्र १६ गते ।

जल तथा मौसम विज्ञान विभागले अझै केही दिन वायुमण्डल स्थिर अवस्थामा रहने बताएको छ । सोमबार एक विज्ञप्ति जारी गरेर विभागले उक्त जानकारी गराएको हो । विज्ञप्ति अनुसार अझै तीनदिन मैसम स्थिर रहनेछ । काठमाडौँ उपत्यकामा रहेको तुवाँलो तत्काल हट्ने छैन । विभागका अनुसार मौसमको सुधार कुन मात्रामा हुने भन्ने कुरा डढेलोमा भर पर्नेछ ।

तुवाँलोका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले सकेसम्म घरबाहिर ननिस्कन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ । देशका विभिन्न भागमा अत्यधिक डढेलो लागेका कारण वायुमण्डलमा तुवाँलो बाक्लिएको कारण मौसम बिग्रिएको विज्ञप्ति मार्फत विभागले जानकारी गराएको छ । काठमाडौँ उपत्यकामा तुवाँलो अत्याधिक लागेका कारण जनजीवन प्रभावित भएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *