जिल्ला प्रशासन कार्यालय, काठमाडौँद्वारा अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधारणलाई आग्रह ।

 


काठमाडौं, चैत्र ११ गते ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । प्रशासकीय अधिकृत रमा घिमिरेले एक विज्ञप्ति जारी गर्दै घर बाहिर तथा सार्वजनिक स्थान र सार्वजनिक यातायात प्रयोग गर्दा मास्क र स्यानिटाइजर प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेकी छन् ।

विज्ञप्तिमा छिमेकी मुलुकमा समेत संक्रमण बढ्दै गएको र त्यसको प्रभाव काठमाडौंमा पनि परेकाले सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्डलाई पालना गर्न अनुरोध गरिएको छ । सार्वजनिक स्थानमा भिडभाड नगर्न र होली पर्व आफ्नै घरभित्र मनाउन समेत आग्रह गरिएको छ । विज्ञप्तिमा सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्ड पालना नगर्नेहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने व्यहोरा पनि सूचित गरिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *