नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने ।

 


काठमाडौं, चैत्र १० गते ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने भएको छ । माओवादी केन्द्र सर्वोच्चको फागुन २३ गतेको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको छ । कानुन व्यवसायीहरुको सल्लाह अनुसार उक्त पार्टी पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको बताइएको छ । मंगलबार स्थायी कमिटीको बैठक अघि माओवादीले कानुन व्यवसायीहरुसँग छलफल गरेको थियो ।

कानुन व्यवसायीहरु शुम्भु थापा, रामनारायण बिडारी, मुक्ति प्रधान र चण्डेश्वर श्रेष्ठसँग छलफल गरेको थियो । एमाले र माओवादी केन्द्रलाई ब्युँताउने सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको भएको भन्दै कानुन व्यवसायीहरुले पुनरावलोकनका लागि सुझाव दिएका हुन । माग दाबी नगरिएको विषयमा फैसला गरिएकाले पुनरावलोकन हुने विश्वासका साथ उक्त सुझाव दिइएको बताइएको छ । फैसलाविरुद्ध ६० दिनभित्र पुनरावलोकन गर्न पाउने कानुन व्यवस्था रहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *