राष्ट्रपति भण्डारीले गर्ने बंगलादेश भ्रमणमा विभिन्न चार समझदारी पत्रमा हस्ताक्षर हुने ।

 


काठमाडौं, चैत्र ८ गते ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारबाट बंगलादेशको राजकीय भ्रमण गर्नुहुने भएको छ । उक्त भ्रमणका क्रममा दुई देशबीच बिभिन्न चार समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल र बंगलादेशबीच रहेको पारवहन सम्झौताको संशोधन सम्बन्धी हस्ताक्षर हुने भएको छ ।

त्यसैगरी नेपाल र बंगलादेशबीचमा स्यानिटरी र साइटो स्यानिटरी सम्बन्धी सम्झौता पत्रमा पनि हस्ताक्षर हुने भएको छ । नेपाल र बंगलादेशबीच पर्यटन प्रबद्र्धन सम्बन्धी सम्झौता पत्रमा पनि हस्ताक्षर हुने भएको छ । त्यसैगरी नेपाल र बंगलादेशबीच सांस्कृतिक कार्यक्रम आदान प्रदान सम्बन्धी सम्झौता पत्रमा पनि हस्ताक्षर हुने भएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *