नेकपा एमालेको माधव-झलनाथ समूहद्वारा देशैभरका पार्टी कमिटी ब्युँताउने घोषणा ।

 


काठमाडौं, चैत्र ५ गते ।

नेकपा एमाले माधव–झलनाथ समूहले देशैभरका पार्टी कमिटीलाई ब्युँताउने घोषणा गरेको छ । देशभरका चार हजारभन्दा बढी नेता कार्यकर्ताको भेलाले उक्त घोषण गरेको हो । सर्वोच्च अदालतका अनुसार ०७५ जेष्ठ २ गतेको अवस्थामा देशैभरका पार्टी कमिटीलाई ब्युँताउने निर्णय गरेको हो ।

उपमहासचिव घनश्याम भुसालका अनुसार पार्टीका जनसंगठन र कमिटीहरु पुरानै अवस्थामा ब्यँुताइने छ । ओली पक्षकाले नेतृत्व गरेका कमिटीहरुमा नयाँलाई जिम्मेवारी दिइएको छ । उक्त कार्यकर्ता भेलाले १७ बुँदे विशेष प्रस्ताव पारित गरेको छ । सचिव योगेश भट्टराईले ओलीले पार्टी फुटाउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छ । भट्टराईले जनताको बहुदलीय जनवादलाई रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने बताए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *