फेवा ताल ४.८ किलोमिटर लम्बाई, १.५ किलोमिटर चौडाई र २४ मिटर गहिराई रहेको छ ।

 


काठमाडौं, चैत्र ५ गते ।

पोखरा उपत्यकाको पश्चिममा अवस्थित यो ताल ४.८ किलोमिटर लम्बाई, १.५ किलोमिटर चौडाई र २४ मिटर गहिराई रहेको छ । यो ताल रारा तालपछिको नेपालको दोस्रो ठूलो ताल हो । यस तालको क्षेत्रफल ४ सय ३५ हेक्टर रहेको छ । माछापुच्छ«े र अन्नपूर्ण हिमालको मनोरम दृष्य देखिने यो ताललाई फेवा गाउँको छेउमा रहेको हुनाले फेवा ताल भनिएको हो ।

बैदाम गाउँको छेउमा पर्ने हुँदा बैदाम ताल र बीचमा बराह मन्दिर भएकाले यो ताललाई बराह तालपनि भनिन्छ । हर्पन खोला, अँधेरी खोला आदि खोलानालाहरुको पानी र तालभित्रबाट नै निस्किएको पानीबाट तालको निर्माण भएको हो । यस तालको पारिपट्टीको वनलाई रानी वन भनिन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *