रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा समुद्री सतहबाट २,९७२ मिटरको उचाईमा अवस्थित छ ।

 


काठमाडौं, फागुन २९ गते ।

रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा समुद्री सतहबाट २९७२ मिटरको उचाईमा अवस्थित छ । यो नेपालको सबैभन्दा ठूलो तथा गहिरो ताल हो । यस तालको लम्बाई ५.२ किलोमिटर, चौडाई २.४ किलोमिटर, गहिराई १६७ मिटर रहेको छ भने क्षेत्रफल १०.८ वर्ग किलोमिटर रहेको छ । यो ताललाई रारा राष्ट्रिय निकुञ्जले चारैतिरबाट घेरेको छ ।

वि.सं. २०२० मा महेन्द्र राजबाट यस तालको भ्रमण गरको हुनाले वि.सं. २०२० चैत्र १३ मा यो तालको नाम महेन्द्र ताल भनी नामाकरण गरिएको भएतापनि रारा नामबाटै चिनिन्छ । मुगु कर्णालीले आफ्नो बाटो बदल्दा निर्माण भएको मानिने यो तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम छायाँ देखिन्छ । यस तालमा अन्यत्र नपाइने असला जातको माछा पाइन्छ । यस तालको पानीबाट खत्याल खोला बनेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *