जनता समाजवादी पार्टीले आफ्नै नेतृत्वको सरकार निर्माण गर्ने दिशामा आफूलाई क्रियाशील बनाउनु पर्छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओली कस्तो व्यक्ति हुन् भन्ने सबैलाई स्पष्ट छ । उनले गणतन्त्रको आन्दोलनको क्रममा दिएको भनाई सबैलाई थाहा छ । अधिकार र पहिचान सहितको संघीयताको बारेमा उनको अडान सबैलाई प्रस्ट छ । उनकै कारण आजको राजनीतिक परिस्थिति निर्माण भएको पनि जगजाहेर छ । आज उनी नेतृत्वको सरकार अल्पमतमा परेको छ । सरकार टिकाउनका लागि जनता समाजवादी पार्टीलाई सहयोगको अपिल गर्नेछन् । संविधान संशोधन गर्न तयार भएको अभिनय गर्नेछन् । रेशम चौधरी लगायतलाई जेलमुक्त गर्न पनि तयार हुनेछन् । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन त्यसैले पुराना कुरालाई विर्सेर नयाँ सहयात्रा गरौँ भन्नेछन् । उनले आफ्नो सरकार टिकाउन जसपालाई धेरै आश्वासन दिनेछन् । जनता समाजवादी पार्टी नेपालमा वैकल्पिक राजनीति गर्नको लागि स्थापना भएको राजनीतिक शक्ति हो । भलै यसको जीवनलाई वैकल्पिक बनाउन बाँकी छ । कांग्रेस र कम्युनिष्टको विकल्पमा निर्माण भएको समाजवादी पार्टी हो । ओलीको आश्वासनमा फसेर सरकारमा गएर केही मन्त्रालय लिएर यो पार्टीको अभिष्ट पूरा हुँदैन् । संसदीय प्रणालीमा प्रधानमन्त्री सर्वेसर्वा हुन्छ । उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरु लगभग एसम्यानको भूमिकामा हुन्छन् ।

वैकल्पिक शक्ति निर्माण गरेर समृद्धिको नेतृत्व गर्न अर्काको नेतृत्वमा सरकारमा जानु बेकार हुन्छ । जसपाले सरकारमा जान हतार गर्नु हुँदैन । आफ्नै नेतृत्वको सरकार निर्माण गर्ने दिशामा आफ्नो ध्यान र क्रियाकलाप केन्द्रित गर्नुपर्छ । आगामी डेढ दुई वर्षपछि हुने स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा निर्णायक शक्ति बन्ने दिशामा आफूलाई ओरिएन्टेशन गर्नुपर्छ । विश्वासको मत लिनलाई संविधान संशोधन गर्छु भन्नेछन् । तर, उनले कुनैपनि हालतमा संविधान संशोधन गर्ने छैनन् । महत्वपूर्ण मन्त्रालयहरुको पासो फ्याँक्नेछन् । आफ्नै पार्टीको ६४ प्रतिशत बहुमतको सरकार भत्काए । पुष्पकमल दाहालसँग पार्टी एकीकरण गर्दा गरेको सहमति ठाडै उल्लंघन गरे । अन्ततः नेकपा उनकै अहंकार र दम्भका कारण दुई टुक्रा भयो । आफ्नै पार्टीका माधव, झलनाथ र बामदेवहरुको कन्तबिजोग बनाए । त्यस्तो व्यक्तिले दिने आश्वासनको विश्वास गर्नु हुँदैन । विगतमा ओली नेतृत्वको सरकारमा तत्कालीन समाजवादी पार्टी उपप्रधानमन्त्री सहित सहभागी भएकै हो । सरकारमा सहभागी हुँदाको सहमती कार्यान्वयन नभएपछि सरकार छोड्नु परेको थियो । बरु, पार्टी समायोजनलाई तिब्रता दिएर आन्तरिक पार्टी जीवनलाई सक्रिय बनाउन ढिला गर्नु हुँदैन । आगामी निर्वाचनमा उल्लेखनीय परिणाम ल्याएर सरकारको नेतृत्व गर्ने तर्फ लाग्नु उत्तम हुन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *