सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामलाई बदरको फैसला गरेसँगै एमाले र माओवादी ब्युँतियो ।

 


काठमाडौं, फागुन २३ गते ।

सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामलाई बदर गर्ने फैसला गरेको छ । ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीसँग नाम जुधेको भन्दै सर्वोच्चले उक्त फैसला गरेको हो । न्यायाधीशद्वय कुमार रेग्मी र बम कुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला गरेको हो । निर्वाचन आयोगले आफ्नो पार्टीको नामसँग मिल्ने गरी अर्को नाम दर्ता गरेको भन्दै दुई वर्ष अघि सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

सर्वोच्चको उक्त फैसलासँगै तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दर्ता खारेज भएको छ । तत्कालीन अवस्थाका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अस्तित्वमा फर्केका छन् । ०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन गरेर चुनाव लडेका थिए । एमालेले १२१ सिट र माओवादीले ५३ सिट जितेको थियो । सर्वोच्चको उक्त फैसलाले ओली खेमा र दाहाल खेमाबीचको अन्तरसंघर्ष झनै जटील बनेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *