भारत विश्वकै ठूलो लोकतन्त्र भएको देशको रुपमा चिनिन्छ भने धेरै माग्नेहरु भएको देशको रुपमा पनि चिनिन्छ ।

 


काठमाडौं, फागुन १८ गते ।

पूर्वीय दर्शनको केन्द्रविन्दु भारत धार्मिक वा आध्यात्मिक हिसाबले पृथक पहिचान छ । राजनीतिक हिसाबले यो मुलुक विश्वकै ठूलो लोकतन्त्र भएको मुलुक भनेर चिनिन्छ । त्यसैगरी विश्वमा सबैभन्दा बढी माग्नेको संख्या भएको देश पनि भन्ने गरेको सुनिन्छ । लोकतन्त्र र मागेर गुजरा चलाउने विषयको द्वन्द्वात्मक सम्बन्धलाई हेर्नु आवश्यक छ । लोकतन्त्रमा आर्थिक समृद्धि भन्ने मान्यतालाई उपर्युक्त परिस्थितिले चुनौती दिन्छ ।

हामी नेपाली भारतीय भाषा, संस्कृति र त्यहाँको जनजीवनसँग बढी जानकार हुन्छौं । खुला सिमाना, आर्थिक र सामाजिक सामिप्यताले पनि यो सम्भव भएको हो । भारत माग्नेहरुको देश भन्ने कुरालाई त्यहाँको जनजीवनले पुष्टि गरेको देखिन्छ । भारतीय नागरिकहरु नेपालको विभिन्न भागमा कमजोर जिवनशैलीका साथ हिँडेको देखिन्छ । भारत धार्मिक हिसाबले हिन्दु धर्मको केन्द्र पनि हो । धर्म निरपेक्ष राज्य भए पनि हिन्दु धर्मको हालीमुहाली जस्तै छ ।

हिन्दु धर्ममा आधारित आध्यात्मिक चिन्तन पनि परापूर्व कालदेखि पृथक ढंङ्गले चल्दै आएको छ । भौतिक संसार केही पनि होइन परलोक नै प्रमुख भन्दै घरबार त्यागेर, गेरु वस्त्र लगाएर, खरानी धसेर, जटा पालेर, कमण्डलुका साथ हिड्ने भारतीयहरुको संख्या पनि प्रसस्तै छ । भारतमा आर्थिक, सामाजिक, शैक्षिक आदि क्षेत्रमा व्यापक असमानता छ । भारत आध्यात्मिक दर्शनमा आधारित गुरुहरुको संख्या धेरै भएको मुलुक पनि हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *