श्रमिकलाई कुनै किसिमको अधिकार नदिई जबर्जस्ती श्रम गराइने कार्य बँधुवा श्रम हो ।

 


काठमाडौं, फागुन १७ गते ।

बन्दकको रुपमा काम लगाइनुलाई बँधुवा श्रम भनिन्छ । श्रमिकलाई कुनै किसिमका अधिकार नदिई जबर्जस्ती श्रम गराइने कार्य बँधुवा श्रम हो । कसैले कसैसँग रकम लिएर लामो समयसम्म ब्याजमा काम लगाउनु, केटाकेटी र अरुलाई ब्याज बापत धनीका घरमा काममा लगाउनु जस्ता कार्यलाई बँधुवा भनिन्छ ।

उनीहरुले काम गरेबापत पारिश्रमिक पाउँदैनन् । लिएको ब्याज बापत श्रम गर्नुपर्ने वा अन्य कार्यको सट्टामा दासका रुपमा मालिककहाँ बसी काम गर्नुपर्ने प्रथा बँधुवा प्रथा हो । नेपालमा दासप्रथा उन्मुलन भएपनि यस किसिमको बँधुवा श्रम कायम रहेको छ । सरकारले दिएको जानकारीमा बाँधा श्रम बिना दर्ताका निजी उद्योगमा बढिरहेको जानकारी दिएको छ ।

यस्तै पारिवारिक नोकरका रुपमा समेत बाँधा श्रमहरु रहेका छन् । कमलरी, हरुवा, कमैया, चरुवा समेत यसै प्रकृतिका बँधुवा श्रमिक हुन् । यो मानव अधिकार विरुद्धको श्रम हो । यसलाई अन्तर्राष्ट्रिय श्रमिक संगठनले अवैध र दण्डनीय अपराधको रुपमा मानेको छ । नेपालले पनि कानुनबाट जबर्जस्ती श्रम वा बँधुवा श्रम व्यवस्था खारेज गरेको भएतापनि यो व्यवहारमा कायम रहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *