भक्तपुरमा एक महिना अगाडि माघ १५ गते शुरु भएको माधव नारायण मेलाको व्रत आज सम्पन्न ।

 


काठमाडौं, फागुन १५ गते ।

भक्तपुरमा एक महिना लामो माधव नारायण मेलाको व्रत आज सम्पन्न भएको छ । भक्तपुरमा भक्तजनहरुको भीडका बीच आज मेला भव्य रुपमा सम्पन्न भएको हो । नेपाल संवतको आठौँ शताब्दीबाट उक्त मेलाको शुरुवात भएको बताइएको छ । उक्त मेला हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म भक्तपुरमा माधव नारायण मेला लाग्ने गरेको छ । यस वर्षको उक्त मेला गत माघ १५ गते शुरु भएको थियो ।

एकमहिना पछि फागुन १५ गतेका दिन उक्त मेलाको समापन आज भएको हो । गत माघ १५ गते भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अर्घ दिएर माधव नारायणको मेला शुरु भएको थियो । नेपाल संवत् ७२२ मा रणजीत मल्लले उक्त मेलाको शुरु गरेको बताइएको छ । भक्तपुरको त्रिवेणीघाटमा डुबेर एकचित्त भएर व्रत बसेर स्नान गर्दा मनोकामना पूरा हुने जनविश्वास रहको छ । सोही जनविश्वासका कारण ठूलो संख्याका भक्तजनहरुले उक्त मेलामा सहभागी हुने गरेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *