ब्रम्हाण्डको एक अंश पृथ्वीको सर्वोच्च शिखर सगरमाथा नेपाल र नेपालीको गौरवको शिखर ।

 


काठमाडौं, फागुन १४ गते ।

ब्रम्हाण्डको एक अंश पृथ्वीको सर्वोच्च शिखर सगरमाथा नेपाल र नेपालीको गौरवको शिखर हो । सहासिक व्यक्तिहरुले सगरमाथामा विभिन्न कीर्तिमान कायम गर्न सफल भएका छन् ।
१.सर एडमण्ड हिलारी र तेन्जिङ्ग नोर्गे शेर्पा : न्युजिल्याण्डका प्रख्यात पर्वतारोही सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ्ग नोर्गे शेर्पाले सन् १९५३ मे २९ मा सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाइला राखे । आजसम्म लगभग ४ हजारले यो शिखरको आरोहण गरिसकेका छन् । उनीहरु दुवैको निधन भइसकेको छ ।
२.मीन बहादुर शेरचन : सबैभन्दा बढी उमेरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी उनले विश्व कीर्तिमान कायम गरेका छन् । उनले ८२ वर्षको उमेरमा सगरमाथा आरोहण गरेका हुन् ।


३.पेम्बा दोर्जे शेर्पा : सन् २००४ मे २१ मा ८ घण्टा १० मिनेटमा आरोहण गरी कम समयमा आरोहणको कीर्तिमान कायम गरे । आधार शिविरदेखि शिखरसम्मको १७ किलोमिटर दूरी सो समयमा पूरा गरेका हुन् ।
४.बाबुछिरी शेर्पा : सन् १९९९ को मे महिनामा सर्वोच्च शिखरमा २१ घण्टा विना अक्सिजन बिताएर बढी समय शिखरमा बिताएको कीर्तिमान बनाए । ११ औं पटक आरोहण गर्ने क्रममा उनको मृत्यु भयो ।
५.जुन्को तावेई : यी जापानी महिलाले सन् १९७५ मे १६ मा विश्वकै प्रथम महिला आरोहीको रुपमा सगरमाथाको आरोहण गरिन् । सगरमाथा आरोहण प्रारम्भ भएको २२ वर्षपछि उनले आरोहण गरेकी हुन् ।
६.आप्पा शेर्पा : उनले २१ पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरे । उनलाई सुपर शेर्पाको नामले चिनिन्छ । उनले एक वर्षमा २ पटकसम्म सगरमाथाको आरोहण गरेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *